Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • सशस्त्र प्रहरीद्वारा पेस्तोल बरामद

    सशस्त्र प्रहरीद्वारा पेस्तोल बरामद

    अनलाइन नेपाल
  • बिहिबार, १ जेष्ठ २०७७
  • 5.1K
    SHARES

    फाइल फोटो

    काठमाडाैँ । महोत्तरीको जलेश्वर–मटिहानी सडकखण्डमा पर्ने जलसागर पोखरीबाट सशस्त्र प्रहरी नलकटुवा पेस्तोल बरामद गरेको छ ।

    सशस्त्र प्रहरी बल नेपाल नं ९ गण हेड क्वाटर महोत्तरीका सशस्त्र प्रहरी उपरीक्षक नीरकृष्ण अधिकारीका अनुसार बुधबार प्राप्त गोप्य सूचनाका आधारमा मटिहानी नगरपालिका–९ अवस्थित जलसागर पोखरीबाट एक थान नलकटुवा पेस्तोल बरामद गरिएको हो ।



    होम मेड तथा चालु अवस्थामा रहेको सो नलकटुवा पेस्तोल पानीमुनि रहेको अवस्थामा सशस्त्र प्रहरीले बरामद गरेको छ तर त्यसमा कुनै गोली नरहेको जनाइएको छ । प्राप्त नलकटुवा पेस्तोल सशस्त्र प्रहरीले आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाएको सशस्त्र प्रहरी उपरीक्षक अधिकारीले बताए ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार