Online Nepal
  • शनिबार, ३१ जेष्ठ २०८२
  • अवैध प्रवेश रोक्न निगरानी समूह

    अवैध प्रवेश रोक्न निगरानी समूह

    अनलाइन नेपाल
  • बिहिबार, १ जेष्ठ २०७७
  • 1.7K
    SHARES

    काठमाडाैँ । लकडाउन रहेको समयमा अवैध रुपमा सीमा क्षेत्रबाट हुने वारपार रोक्न निगरानी समूह गठन गर्न थालिएको छ । बैतडीस्थित महाकाली नदीमा ट्युबमार्फत तरेर अवैध रुपमा नेपाली फर्कने क्रम नरोकिएपछि यहाँका सिमावर्ती स्थानीय तहहरुले निगरानी समूह गठन गर्न थालेका हुन् ।

    कोरोनाको जोखिम हुनसक्ने भएकाले सीमासँग जोडिएका सबै स्थानीय तहहरुले निगरानी समूह गठन गर्न थालेको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए ।



    जिल्लाको दशरथचन्द नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिका भारतसँग सीमा जोडिएका छन् । यी स्थानीय तहहरुमा निगरानी समूह गठन गरिदैंछन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार