Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • २२ जिल्ला पुग्यो कोरोनाकाे संक्रमण, कुन जिल्लामा कति संक्रमित?

    २२ जिल्ला पुग्यो कोरोनाकाे संक्रमण, कुन जिल्लामा कति संक्रमित?

    अनलाइन नेपाल
  • बिहिबार, १ जेष्ठ २०७७
  • 4.5K
    SHARES

    काठमाडौं- नेपालमा हालसम्म २२ जिल्लामा कोरोना संक्रमित भेटिएको छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न २२ जिल्लामा गरी २ सय ४६ जना कोरोना संक्रमित भेटिएका हुन्। मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार बिहीबार दिउँसो सवा ४ बजेसम्म नेपालमा २४६ जना संक्रमित भएको पुष्टि भएको हो।

    बिहीबार काठमाडौंमा १ जना, कपिलवस्तुमा १ र नवलपरासी एक जना संक्रमित देखिएका हुन्। हालसम्म सबैभन्दा बढी पर्सा जिल्लामा ८५ जना कोरोना संक्रमित भेटिएका छन्। उदयपुरमा ३२ संक्रमित भेटिएका छन् भने कपिलवस्तु जिल्लामा ३९ जनामा कोरोना संक्रमण भेटिएको छ। रुपन्देहीमा २८ संक्रमित पुगेका छन्।



    मन्त्रालयका अनुसार काठमाडौंमा ६, धादिङमा १, बाग्लुङमा २, बारामा ३, रौतहटमा ३, धनुषा २, सप्तरी १, सर्लाही २, भोजपुर १, बाँके २५, बर्दिया १, कञ्चनपुर १, कैलाली ४, चितवन २ र झापामा २ जनामा संक्रमण देखिएको छ। नेपालमा कोरोना संक्रमित भेटिएकामध्ये हालसम्म ३५ जना उपचार पछि निको भएर डिस्चार्ज भएका छन्।



    नेपालमा पहिलोपटक गत वर्ष जनवरी २३ मा कोरोना संक्रमित भेटिएका थिए। निको भएकामध्ये ३ जनामा पुनः संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। हालसम्म सबैभन्दा कम उमेरका २ महिने शिशुमा र सबैभन्दा बढी ८१ वर्षीया वृद्धामा नेपालमा कोरोना संक्रमण पुष्टि भएको छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार