काठमाडाैँ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना प्रभावित क्षेत्रमा कोरोना परीक्षणको दायरा बढाउन स्वास्थ्य सामग्री पठाइएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार प्रदेश नम्बर १,२,५ र कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा हवाइ तथा स्थल मार्गबाट स्वास्थ्य सामाग्री पठाइएको हो ।
प्रवक्ता डा देवकोटाका अनुसार १४ हजार ७ सय थान आरडीटी, ७ हजार थान भिटिएम, पीपीइहरु ती प्रदेशहरुमा पठाइएको हो ।
प्रवक्ता डाक्टर देवकोटाका काठमाडौं महानगरपालिका वडा नम्बर १३ मा रहेका फलफुल तथा तरकारी व्यवसायी, सरसफाइका कर्मचारी, ढुवानीमा कार्यरत व्यक्तिहरु सहित ३ सय जनाको पीसीआर र ७ सय जनाको आरडीटी परीक्षण गरिएको छ ।
Leave a Reply