Online Nepal
  • सोमबार, ९ असार २०८२
  • सुनसरीमा लकडाउन उल्लङ्घन गर्ने ७५ जना पक्राउ

    सुनसरीमा लकडाउन उल्लङ्घन गर्ने ७५ जना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १ जेष्ठ २०७७
  • 2K
    SHARES

    फाइल तस्बिर

    सुनसरी । पछिल्ला दिनहरूमा काेराेना भाइरस संक्रमितकाे संख्या ह्वात्तै बढेपछि सरकारले लकडाउनमा थप कडाइ गरेकाे छ । साेही क्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीले लकडाउन उल्लङ्घन गर्ने ७५ जनालाई नियन्त्रणमा लिएको छ ।

    सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्नका लागि गरिएको लकडाउन उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।



    नियन्त्रणमा लिइएकालाई सामाजिक दूरी, कोरोनाबाट बच्ने उपायलगायत विषयमा प्रशिक्षण दिएर छाडिएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार