Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • कोरोना अपडेट: ८५ हजार ब्यक्तिमा काेराेना परीक्षण

    कोरोना अपडेट: ८५ हजार ब्यक्तिमा काेराेना परीक्षण

    अनलाइन नेपाल
  • बिहिबार, १ जेष्ठ २०७७
  • 1.7K
    SHARES

    काठमाडौं। नेपालमा हालसम्म ८४ हजार ९ सय ९१ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा १ हजार ३ सय ६३ जनाको पिसिआरबाट नमूना परीक्षण भएको मन्त्रालयले जनाएकाे छ।

    २२ हजार ६ सय ६४ जनाको पिसिआर र ६२ हजार ३ सय २७ जनाको आरडिटिबाट परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए। कुल संक्रमित २ सय ४६ मध्ये हालसम्म ३५ जना उपचारपछि डिस्जार्च भएका छन्। बाँकी संक्रमित विभिन्न अस्पतालमा उपचाररत छन्। उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।



    काठमाडौं उपत्यकामा ६ र बाहिर २ सय ६६ जना आईसोलेसनमा छन्। मुलुकभर हाल १५ हजार ६ सय जनालाई क्वारेन्टाइनमा राखिएको छ। क्वारेन्टाइनका लागि ५३ हजार ८ सय ३५ शय्याको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।



    प्रदेश १, २, ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा १४ हजार ७ सय थान आरडिटि र ७ हजार भिटिएर र पिपिई पठाइएको देवकोटाले जानकारी दिए । यी प्रदेशका २८ जिल्लामा कोरोना परीक्षण गरिने मन्त्रालयले जनाएको छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार