Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • आइएमएस ग्रुपद्वारा आफ्ना सम्पूर्ण कर्मचारीहरूलाई कोभिड–१९ स्वास्थ्य बीमा

    आइएमएस ग्रुपद्वारा आफ्ना सम्पूर्ण कर्मचारीहरूलाई कोभिड–१९ स्वास्थ्य बीमा

    अनलाइन नेपाल
  • बिहिबार, १ जेष्ठ २०७७
  • 3.9K
    SHARES

    काठमाडौं । आइएमएस ग्रुप कम्पनीले आफ्ना सबै कर्मचारीहरूलाई विश्वव्यापी कोभिड–१९ बिरूद्ध २०७७ साल जेठ १ गते, बिमा सुविधा प्रदान गरेको छ । कम्पनीले प्रति कर्मचारीलाई एक लाख रुपैयाँको स्वास्थ्य बीमा प्रदान गरेको छ ।

    यस विश्वव्यापी कोरोना माहामारीको क्रममा, आइएसएस ग्रुपद्वारा आफ्नो सम्पूर्ण कार्मचारीहरुलाई स्वास्थ्य बीमा गराइएको छ । यदि कुनै कर्मचारीलाई कोरोना भाईरस लागेको देखिएमा यस बीमाले कार्मचारीलाई आर्थिक सहयोग पु¥याउने छ ।



    “आइएमएस ग्रुपमा हामीले हाम्रो कम्पनीका प्रत्येक कर्मचारीलाई परिवारको सदस्यका रूपमा लिन्छौं र विशेष गरी यो कठिन समयमा हाम्रा सबै कर्मचारीहरूको हेरचाह गर्नु हाम्रो सबैभन्दा ठूलो उत्तरदायित्व हो । त्यसकारण हामीले यस्तो महत्वपूर्ण समयमा उनीहरूको आर्थिकभार



    घटाउन र उचित उपचारका लागि सहयोग पु¥याउन कोरोना भाइरस बिरुद्द स्वास्थ्य बीमा सुविधा उपलब्ध गराउने निर्णय गरेका
    छौं ।” आइएमएस ग्रुपका सिइओ दिकेश मल्होत्राले भने ।

    आइएमएस ग्रुपको बारेमा
    आइएमएस ग्रुपका एक स्थानीय समूह हो । जस अन्तर्गत २० भन्दा बढी कम्पनिहरु छन् । आईएमएस नेपालमा सामसुङ स्मार्टफोनको राष्ट्रिय वितरक हो । सन् १९९८ मा आधिकारिक रूपमा मोबाइल फोन आयात गर्ने यो नेपालको पहिलो कम्पनी हो ।

    कम्पनीले विगत २७ बर्षमा विशाल उन्नती गरेको छ, जुन आईएमएस ग्रुपको कम्पनीहरूको संख्याबाट स्पष्टसँग देख्न सकिन्छ ।

    कम्पनीले लक्जरी कोरियाली अटोमोबाइल ब्रान्ड साङ्योङ्गको डिलरसिप पनि प्राप्त गरेको छ र हालसालै नेपालका लागि डक्टर ब्राउन, क्रेन, हिमालय, बीबी लभ, एनर्जाइजर र डीजिआइ जस्ता अन्तर्राष्ट्रिय ब्रान्डहरूको डिलरशिप पनि प्राप्त गरेको छ । यसले शिक्षा, बैंकि, निर्माण, कृषि र अन्य धेरैमा आफ्ना सेवाहरू विस्तार गरेको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार