Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • कोरोना संक्रमितले नारायणी अस्पताल भरिएपछि नयाँलाई विद्यालयमा राखियो

    कोरोना संक्रमितले नारायणी अस्पताल भरिएपछि नयाँलाई विद्यालयमा राखियो

    अनलाइन नेपाल
  • बिहिबार, १ जेष्ठ २०७७
  • 1.9K
    SHARES

    काठमाडौँ। कोरोना संक्रमितले नारायणी अस्पताल भरिएपछि नयाँ संक्रमितलाई विद्यालयमा राखिएकाे छ। संक्रमित विरामीको अस्पतालमा चाप बढेपछि बेड अभाव हुँदा नयाँ संक्रमितलाइ विद्यालयमा राखिएकाे हाे। मंगलबार र बुधबार थपिएका संक्रमितहरु राखिएसँगै अस्पतालमा अब अन्य बिरामी राख्ने ठाउँ अभाव भएको हो ।

    बुधबार राति थपिएका ३ जनालाई पनि विद्यालयको आइसोलेसन कक्षमा ल्याइएको छ । नारायणी अस्पतालमा बेड अभाव भएपछि मंगलबार राति थपिएका १८ जनामध्ये १३ जनालाई बुधबार राति मात्रै विद्यालयको आइसोलेसन कक्षमा ल्याइएको थियो भने थप तीन जनमा काेराेना संक्रमण देखिएपछि उनीहरूलाइ पनि विद्यालयमा ल्याइएकाे छ।



    बुधबार राति थपिएका ३ जना वीरगञ्ज महानगरपालिका १६ इनर्वाका ७४ वर्षीय पुरुष, मुर्लीका १५ वर्षीय युवक र एक जना ३६ वर्षीया स्वास्थ्यकर्मी रहेका छन् । प्रदेश २ को नारायणी अस्पतालमा कोरोना संक्रमितको चाप बढेपछि विपद् व्यवस्थापन समितिको बुधबार बसेको बैठकले विद्यालयमा दुई सय बेडको सेमीआइसोलेसन वार्ड बनाउने निर्णय भएको थियो । नारायणी अस्पतालमा अहिले ७० जना संक्रमितको उपचार भइरहेको अस्पतालले जनाएको छ ।



    बिहीबार बिहानसम्म नेपालमा २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार