Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • संक्रमितकाे संख्या ह्वात्तै बढेपछि लकडाउन अझ कडा गर्ने गृहको निर्णय

    संक्रमितकाे संख्या ह्वात्तै बढेपछि लकडाउन अझ कडा गर्ने गृहको निर्णय

    अनलाइन नेपाल
  • बिहिबार, १ जेष्ठ २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । पछिल्ला दिनहरूमा काेराेना भाइरस संक्रमितकाे संख्या ह्वात्तै बढेपछि गृहमन्त्रालयले काठमाडौं उपत्यकामा लकडाउन थप कडा गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयमा बसेकाे सुरक्षा निकायकाे टाेलीकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे। बैठकमा उपत्यकाभित्र लकडाउन कडा र काठमाडौं भित्रिने नाकामा समेत कडाइ गर्नुपर्ने विषयमा गहन छलफल भएकाे थियाे

    उपत्यकाका तीनओटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, मेयर, उपत्यकाका डीआईजी, महानगरीय ट्राफिक महाशाखाका एसएसपी सहितको बैठकले अवश्यक मात्रमा थप प्रहरी परिचालन गरी लकडाउनलाइ कडा बनाउने निर्णय समेत गरेकाे छ।



    बैठकमा सहभागी एक अधिकारीका अनुसार काठमाडौं भित्रिनेको स्वास्थ्य परीक्षण, स्थानीय तहको समन्वयमा मात्रै राहत वितरण गर्नुपर्नेमा पनि एकमत भएको छ । यस्तै सरकारले यसअघि विभिन्न ४२ क्षेत्र खोल्ने निर्णयबारे समेत समीक्षा भएको थियो । गृहमन्त्रालयका उप–सचिव उमाकान्त अधिकारीले निर्णय केही समयपछि सार्वजनिक गरिने बताए । बैठकमा सहभागी एकजनाका अनुसार काठमाडौंमा लकडाउन खुकुलो पारे परिस्थिति नियन्त्रण बाहिर जानसक्ने चिन्ता सबैले व्यक्त गरेका थिए ।



    गृहले यसअघि नै एक जिल्लाबाट अर्को जिल्ला जाने पास रद्द गरिसकेको छ । आजबाट मात्रै काठमाडौंको लकडाउनमा कडाइ गरिएको छ । सञ्चारकर्मीलाई समेत सूचना विभागको पास अनिवार्य गरिएको छ । लकडाउनको पालना नगर्नेलाई प्रहरीले होल्ड समेत गर्न थालेको छ । उपत्यकामा ९ हजार नेपाल प्रहरी परिचालित छन् ।

    बिहीबार बिहानसम्म नेपालमा २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणको जोखिमका कारण अन्तर्राष्ट्रिय सिमाना बन्द गरिएकाले अहिले धेरै श्रमिकहरु नेपाल–भारत सीमा क्षेत्रमा अलपत्र परेका छन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार