Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • ‘सबै जिल्ला उत्तिकै जोखिममा, धेरै सावधानी अपनाउन जरुरी’

    ‘सबै जिल्ला उत्तिकै जोखिममा, धेरै सावधानी अपनाउन जरुरी’

    अनलाइन नेपाल
  • बिहिबार, १ जेष्ठ २०७७
  • 1.7K
    SHARES

    काठमाडौं। स्वास्थ्य मन्त्रालयले आगामी दिनमा कोरोना संक्रमणको दर अझ बढ्नसक्ने जनाएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिमा बिहीबार भएको छलफलमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सबै जिल्ला उत्तिकै जोखिममा रहेका कारण धेरै सावधानी अपनाउन जरुरी रहेको बताए ।

    १५ देखि ४५ वर्ष उमेर समूहका व्यक्तिमा बढी संक्रमण देखिएको भन्दै उनले जटिल स्वास्थ्य समस्या भएकाहरु भने नभेटिएको बताए । हाल देशका नौओटा अस्पतालहरुबाट संक्रमितहरुको उपचार भइरहेको र भारतलगायत विभिन्न पाँच देशबाट संक्रमितहरु नेपाल आएको उनले जानकारी दिए ।



    परीक्षण गर्ने ‘आरडीटी’ र ‘पीसीआर किट’हरु अभाव नभएका कारण परीक्षणको दायरा बढाउँदै लैजाने भन्दै डा. देवकोटाले प्रतिदिन १८ स्थानबाट तीन हजार व्यक्तिको परीक्षण गर्न सकिने क्षमता रहेको बताए ।



    छलफलमा सांसदहरुले पीसीआर परीक्षणको दायरा फराकिलो बनाउन सुझाव दिए । उनीहरुले जनघनत्व बढी रहेको स्थानमा परीक्षण बढाउनुपर्ने र एक जिल्लाबाट अर्को जिल्लामा प्रवेशलाई कडाइ गर्नुपर्ने बताएका थिए ।

    छलफलमा सांसद गगन थापा र जीवनराम श्रेष्ठले असारसम्म करिब पाँच लाख व्यक्तिको परीक्षण गरिसक्ने गरी तयारी गर्न मन्त्रालयलाई सुझाव दिए । बजेटमा जिल्ला अस्पतालहरुलाई सुधार गरी ५० ‘बेड’सम्मको अस्पताल बनाउन र प्रत्येक अस्पतालमा सरुवारोग परीक्षण ‘युनिट’ राख्नसमेत सांसदहरुले सुझाव दिएका थिए । साथै, उपचारमा प्रयोग गरिने ‘पीपीई’ सामग्रीको उत्पादन नेपालमा नै गराउनसमेत आग्रह गरेका थिए ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार