Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • ‘भारतले डब्ल्यूएचओको मापदण्ड विपरीत सीमा नाकामा नेपाली ल्याएर छाेड्याे’

    ‘भारतले डब्ल्यूएचओको मापदण्ड विपरीत सीमा नाकामा नेपाली ल्याएर छाेड्याे’

    अनलाइन नेपाल
  • बिहिबार, १ जेष्ठ २०७७
  • 3.7K
    SHARES

    काठमाण्डाै । सत्तारूढ दल नेकपाका नेता तथा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले डब्ल्यूएचओको मापदण्ड विपरीत भारतले सीमा नाकामा नेपाली ल्याएर छाेडेकाे प्रति अपत्ति जनाएका छन् । उनले कोरोना परीक्षण नगराइकन भारतले नेपालीहरुलाई सीमामा अलपत्र छाडेको भन्दै भारतकाे रवैयाप्रति रोष प्रकट समेत प्रकट गरे।

    बिहीबार उनले समाजिक सञ्जाल मार्फत भारतको यो शैली डब्ल्यूएचओको मापदण्ड विपरीत भएको पनि बताए। मुख्यमन्त्री पोखरेलले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘विनापरीक्षण नेपालीलाई सीमामा अलपत्र छोड्ने भारतीय शैली डब्लुएचओको मापदण्ड विपरीत छ । संक्रमितलाई असुरक्षित यात्रा गराउन मिल्दैन ।’



    हाल भारतले अलपत्र मजदुरहरुलाई उनीहरुको घर पठाउने नाममा बिभिन्न शहरहरुबाट मानिसहरु ओसारिरहेको उनले अाराेप लगाए।



    धेरै नेपालीहरुलाई सीमा क्षेत्रमा ल्याएर छाडिएको छ । तर नेपाल सरकारले भने भारतीय नागरिकहरुलाई नेपालमै सुरक्षित रुपमा राखेर कोरोना परीक्षण र उपचार गराउँदै आएको छ । सीमा क्षेत्रमा छाडिएका कतिपय श्रमिकहरु सुरक्षाकर्मीको आँखा छलेर रातिको समयमा नेपालमा भित्रिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार