Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • टिचिङका चिकित्सकसहित ३८ जना क्वारेन्टाइनमा

    टिचिङका चिकित्सकसहित ३८ जना क्वारेन्टाइनमा

    अनलाइन नेपाल
  • बिहिबार, १ जेष्ठ २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । त्रिवि शिक्षण अस्पताल(टिचिङमा)मा६ वर्षीया बालिकालाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उपचारमा संलग्न चिकित्सक, नर्स लगागत ३८ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

    अस्पतालको न्यूरो वार्डमा उपचाररत बालिकाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो । उनलाई कपिलवस्तुबाट उपचारका लागि शिक्षण अस्पताल ल्याइएको थियो ।



    न्यूरो वार्डमा रहेका ५ जना बिरामीलाई नै गणेशमानसिंह भवनमा बनाइएको आइसोलेसन वार्डमा सारिएको छ । साथै उपचारमा संलग्न चिकित्सक, नर्स, काठमाडौं ल्याउने आफन्तलाई पनि क्वारेन्टाइनमा राखिएको छ ।



    उनीहरु सबैको थ्रोट स्वाब संकलन गर्ने तयारी भइरहेको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार