Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • टिचिङमा कोरोना संक्रमित बालिकाको उपचार गर्ने स्वास्थ्यकर्मी खोजिँदै

    टिचिङमा कोरोना संक्रमित बालिकाको उपचार गर्ने स्वास्थ्यकर्मी खोजिँदै

    अनलाइन नेपाल
  • बिहिबार, १ जेष्ठ २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । त्रिवि शिक्षण अस्पताल(टिचिङ) मा भर्ना भएकी बालिकामा कोरोना संक्रमण पुष्टि भएपछि बालिकाको सम्पर्कमा आएका स्वास्थ्यकर्मीहरूकाे खोजी कार्य सुरू भएको छ ।

    बालिकाको सम्पर्कमा भएका डाक्टर तथा नर्सको पहिचान गर्न टोली बिहानैदेखि परिचालन गरिएकाे इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर बासुदेव पाण्डेले बताए ।



    ‘बिहान ९ बजे नै हाम्रो टोली कन्ट्रयाक ट्रेसिङका लागि टिचिङ गइसकेको थियो । त्यहा कन्ट्रयाक ट्रेसिङको काम भइसकेको छ । अब कपिलवस्तुमा उनको घर वरपरका स्थानीयमा कन्ट्रयाक ट्रेसिङको काम बाँकी छ।’,उनले भने।अस्पतालमा उपचारको क्रममा बालिकाको सम्पर्कमा आएका डाक्टर तथा नर्सलाई क्वारेन्टाइनमा राखेर कोरोना परीक्षण गरिने डा पाण्डेले जानकारी दिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार