Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • भारतमा ट्रक र बस ठोकिँदा ८ जनाको मृत्यु

    भारतमा ट्रक र बस ठोकिँदा ८ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, १ जेष्ठ २०७७
  • 2.8K
    SHARES

    फाइल : तस्बिर

    भारत । भारतमा भारतमा ट्रक र बस ठोकिँदा ८ जना मजदुरको मृत्यु भएकाे छ। मध्य प्रदेशको गुनामा बुधबार राति ट्रक र बस ठोकिँदा ती मजदुरको ज्यान गएको हाे। एसियन न्यूज इन्टरनेशनलले रिपोर्ट गरे अनुसार उक्त घटनामा ५० जना मजदुर घाइते भएका छन्। रिपोर्ट अनुसार गए राति गुनाको क्यान्ट पीएस क्षेत्रमा दुर्घटना भएको हो।

    ट्रकमा मजदुरहरु थिए। उनीहरु महाराष्ट्रदेखि उत्तर प्रदेशमा रहेको आफ्नो घर जाँदै थिए। दुर्घटनामा परेका घाइतेहरुलाई नजिकको जिल्ला अस्पताल लगिएको थियो। उक्त दुर्घटनाको थप विवरण भने खुलेको छैन।



    यसैगरी उत्तर प्रदेशको मुजफ्फरनगरमा बुधवार राति एक रोडवे बस प्रवासी मजदुरहरु माथि चढेपछि ६ जना मजदुरले आफ्नो ज्यान गुमाएका छन्। घटनामा परि थप चार जना घाइते भएका थिए। उक्त घटनामा परेका मजदुरहरू पंजाबबाट हिडेर बिहार जाँदै थिए।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार