Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • कोरोना संक्रमण रोक्न चन्द्रागिरिमा तरकारी बेच्न प्रतिबन्ध

    कोरोना संक्रमण रोक्न चन्द्रागिरिमा तरकारी बेच्न प्रतिबन्ध

    अनलाइन नेपाल
  • बुधबार, ३१ बैशाख २०७७
  • 3.3K
    SHARES

    काठमाडौं । एक जनामा कोरोना संक्रमण देखिएपछि  चन्द्रागिरि नगरपालिका वडा नम्बर ९ को कार्यालयले तरकारी बिक्रीमा प्रतिबन्ध लगाएको छ । मंगलबार वडाको मच्छेगाउँमा एक महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

    कोरोना रोकथाम तथा नियन्त्रणका लागि वडामा बसेको स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र वडा समितिको बैठकले सार्वजनिक स्थलमा तरकारी बेच्न, गाडीमार्फत तरकारी र फलफूल बिक्री गर्न पनि रोक लगाएको छ ।



    वडाध्यक्ष देवेन्द्र महर्जनले सूचना जारी गरी निर्माण सामग्री ढुवानीमा पनि पूर्ण रुपमा रोक लगाएको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार