काठमाडौं । नेपाल राष्ट्रबैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई सीमित शाखाहरुबाट मात्रै सेवा दिन निर्देशन दिएको छ ।
सबै शाखाबाट सेवा दिंदा भीडभाड बढेको भन्दै राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो ।
राष्ट्र बैंकले काठमाडौं उपत्यकाका तीन जिल्लालाई मान्य हुने गरी नयाँ पास समेत जारी गरेको छ ।
जस अनुसार बाणिज्य बैंकहरुलाई प्रति बैंक २० तथा विकास बैंक र फाइनान्सहरुलाई १० वटा पासको व्यवस्था गरेको छ ।
यो निर्देशनसंगै बैंकहरुका सीमित शाखाहरु मात्रै खुल्ने भएका छन् ।
Leave a Reply