Online Nepal
  • आइतबार, १ असार २०८२
  • चिनियाँ जनमुक्ति सेनाद्धारा नेपाली सेनालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

    चिनियाँ जनमुक्ति सेनाद्धारा नेपाली सेनालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

    अनलाइन नेपाल
  • बुधबार, ३१ बैशाख २०७७
  • 3.1K
    SHARES

    काठमाडौं । चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई ५ मिलियन चिनिया युआन बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

    विश्वभर महामारीको रुपमा फैलिएको नोबले कोरोना कोभिड– १९) भाइरस संग जुझ्न उपलब्ध गराएका स्वास्थ्य सामग्री चीनियाँ राजदूत होउ यान्छीले आजै जंगी अड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापालाई हस्तान्तरण गरेकी छन् ।



    चिनियाँ वायु सेनाको विमानले आजै उक्त सामान काठमाडौं ल्याएको थियो ।

    चीनले नेपाली सेनालाई उपलब्ध गराएको सामानमा पिपिई, एन ९५ मास्क, कोरोनाभाइरसको परीक्षणमा प्रयोग हुने रसायन र अस्पतालका बेड, गगल्सलगायतका अन्य विभिन्न मेडिकल सामाग्रीहरु रहेको जंगी अड्डाले जनाएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार