Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • लिपुलेकबाट भारतीय सुरक्षाकर्मी तुरुन्तै फिर्ता गराउनु पर्छ : देउवा

    लिपुलेकबाट भारतीय सुरक्षाकर्मी तुरुन्तै फिर्ता गराउनु पर्छ : देउवा

    अनलाइन नेपाल
  • बुधबार, ३१ बैशाख २०७७
  • 4.6K
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपालीका कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले लिपुलेक नेपालकै भएको दावी गरेका छन् ।

    प्रधामन्त्री केपी शर्मा ओलीले सीमा समस्याका विषयमा छलफल गर्न आयोजना गरेको सर्वदलीय बैठकमा बोल्दै देउवाले लिपुलेक नेपालकै भएको भन्दै छिमेकी देशहरु भारत र चीनसँग आवश्यक छलफल गरी समस्याको समाधान खोज्न सरकारलाई सुझाव दिएका हुन्।



    बैठकमा सभापति देउवाले लिपुलेकमा रहेका भारतीय सुरक्षाकर्मीहरुलाई नेपाल सरकारले तुरुन्तै फिर्ता गराउनु पर्ने धारणा राखेको बताइएको छ ।



    लिपुलेकमा भारत र चीनले दुईदेशीय सीमानाका मानी सडक संचालनमा ल्याउँदा समेत सरकारले आफ्नो भूमी रक्षाका लागि केही गर्न नसकेको भन्दै आलोचना भइरहेको छ ।

    बैठक सक्किनु अघि नै बाहिरिएका पूर्वप्रधानमन्त्री देउवाले बैठकमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसनको (एमसीसी) को विषय पनि उठेको र त्यसलाई पास गर्नुपर्ने आफूले सुझाव दिएको जानकारी गराए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार