Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • हातहतियार र मृगको मासुसहित पोखरामा चार जना पक्राउ

    हातहतियार र मृगको मासुसहित पोखरामा चार जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ३१ बैशाख २०७७
  • 2.7K
    SHARES

    फाइल फोटो

    कास्की। जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका-३१ बिनेरीकुनाबाट भरुवा बन्दुक १ थान,  गोली १ थान, म्याग्जिन १ थान र मृगको मासु ६ केजी सहित ४ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका-३१ बिनेरीकुना बस्ने ५४ वर्षीय आईते पोडे, ३८ वर्षीय राज कुमार पोडे, २७ वर्षीय सरल न्यौपाने र ३९ वर्षीय गणेश गौतम रहेका छन् ।



    आईतेको घरमा मृग मारेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उनीहरुलाई मृगको मासु भाग लगाईरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । साथै आईतेको घरबाट लुकाईछिपाई राखेको उक्त हातहतियार समेत प्रहरीले बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार