Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • सेनाको हेलिकप्टर सशस्त्र प्रहरीको फौज बोकेर कालापानी उड्यो

    सेनाको हेलिकप्टर सशस्त्र प्रहरीको फौज बोकेर कालापानी उड्यो

    अनलाइन नेपाल
  • बुधबार, ३१ बैशाख २०७७
  • 3.1K
    SHARES

    काठमाडौं। कालापानी नजिकै दार्चुलाको छांगरु क्षेत्रमा सशस्त्र प्रहरी बलको फौज राख्न बुधबार नेपाली सेनाको हेलिकप्टर काठमाडौंबाट उडेको छ ।

    पहिलो चरणमा काठमाडौँबाट २५ जना सशस्त्र प्रहरी र ९ जना नेपाल प्रहरीको टोली लिएर हेलिकप्टर छांगरु उडेको हो ।



    छाङरुमा सशस्त्र प्रहरी बलको सिमा सुरक्षा चेकपोस्ट(बिओपी) स्थापनाको गर्ने तयारी रहेको गृह मन्त्रालय श्रोतए बताएको छ । गृहमन्त्री रामबहादुर थापाको निर्देशनमा मन्त्रालयले छांगरु क्षेत्रमा सशस्त्र प्रहरी बलको फौज राख्ने निर्णय गरेको थियो ।



    उनीहरुले सीमा रक्षा गर्नुका साथै अपराध नियन्त्रणमा भूमिका खेल्नेछन् । कालापानीबाट १० किलोमिटरको दुरीमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट राख्न लागिएको हो ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार