Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • कोरोनाको बहानामा नेकपाको स्थायी कमिटी बैठक स्थगित

    कोरोनाको बहानामा नेकपाको स्थायी कमिटी बैठक स्थगित

    अनलाइन नेपाल
  • बुधबार, ३१ बैशाख २०७७
  • 2.5K
    SHARES

    काठमाडौं। कोरोना भाइरस (कोभिड –१९) को बहानामा  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बुधबार बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगन स्थगित भएको छ।

    बिहान ११ बजे पार्टी मुख्यालयमा धूम्रबाराहीमा बस्ने भनिएको बैठक सदस्यहरुको कोरोना जाँचपछि मात्र बस्ने गरी स्थगन गरिएको पार्टी कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए ।



    उनका अनुसार स्थायी कमिटीका ४५ सदस्य सबैको कोरोना भाइरसको परीक्षण गरेर मात्र बैठक बस्ने छ । अब बस्ने बैठक पार्टी एकतापछिको तेस्रो बैठक हुने छ ।



    “बुधबार बस्ने भनिएको बैठकमा सरकारको नीति तथा कार्यक्रम, कोभिड –१९ र भारतद्वारा अतिक्रमित नेपाली भूमिका बारेमा छलफल गर्ने कार्यसूची थियो ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार