Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • छिमेकी जिल्लामा कोरोना संक्रमण बृद्धिपछि हेटौंडा आवत–जावत बन्द

    छिमेकी जिल्लामा कोरोना संक्रमण बृद्धिपछि हेटौंडा आवत–जावत बन्द

    अनलाइन नेपाल
  • बुधबार, ३१ बैशाख २०७७
  • 2.4K
    SHARES

    हेटौंडा।  बाग्मती प्रदेशको राजधानी हेटौंडामा पूर्व–पश्चिम राजमार्गको बारासँग सिमाना जोडिएको चुरियामाई क्षेत्रहुँदै हेटौंडा आवत–जावत बन्द गरिएको छ । छिमेकी जिल्लामा कोरोनाको संक्रमण बृद्धि हुँदै  भएपछि यस्ती निर्णय गरिएको हो।

    हेटौंडामा बसेको कमान्ड पोस्ट बैठकले लकडाउनलाई कडा बनाउने निर्णय गर्दै दक्षिणी नाकामा प्रहरी पोस्ट खडा गर्ने र हेटौंडा आउने सवारीसाधनको कडा निगरानी गर्ने भएको हो ।



    बैठकले विहान ९ बजेसम्म खाद्यान्न तथा ग्यास पसलमात्र खोल्न पाउने निर्णय गरेको छ भने औषधि तथा भेटेरिनरी, कृषि औषधि पसललाई दिनभर खोल्न दिने निर्णय गरेको छ ।



    बैठकले जेठ १ गतेबाट माछामासु तथा तरकारी बजार पूर्णरूपमा बन्द गर्ने निर्णय गरेको छ । तरकारीका लागि सहकारीमार्फत कुनै स्थानबाट वितरण गर्ने नीति अवलम्बन गर्ने निर्णय कमान्ड पोस्टले गरेको हो ।

    बैठकले तराईका जिल्लाबाट हेटौंडा छिर्ने अन्य नाकामा समेत कडाइ गर्ने निर्णय गरेको छ । छिमेकी जिल्लाहरूमा कोरोना भाइरसको संक्रमण बढेसँगै हेटौंडामा सतर्कता अपनाइएको छ ।

     

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार