Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • लकडाउन कडाइ गर्न प्रधानमन्त्रीको निर्देशन

    लकडाउन कडाइ गर्न प्रधानमन्त्रीको निर्देशन

    अनलाइन नेपाल
  • बुधबार, ३१ बैशाख २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं उपत्यकामा लकडाउन कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा उनले जारी लकडाउनलाई कडा पार्न निर्देशन दिएका हुन् ।

    दिनहुँ कोरोना भाइरस संक्रमित भेटिरहेको बेला जारी लकडाउनलाई खुकुलो बनाउन नसकिने निर्देशन प्रधानमन्त्री ओलीले दिएको एक मन्त्रीले बताए । ‘प्रधानमन्त्रीले लकडाउन कडा बनाउन निर्देशन दिनुभयो,’ ती मन्त्रीले भने । प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै उनले भने, ‘काठमाडौंमा लकडाउन छ र ? यसलाई लकडाउन भनिँदैन । सुनको बाकसमा मान्छे राखेर के गर्नु, मरेपछि त सकियो नि ।’



    केही मान्छे र मिडियाले भन्दैमा लकडाउनलाई खुकुलो बनाउन नमिल्ने बताउँदै उनले आर्थिक गतिविधि र व्यवसाय सिद्धिने आशंकामा लकडाउन खुकुलो बनाउन नहुने बताए । जीवन रहे अर्थतन्त्र जोगाउन सकिने बताउँदै उनले पहिला मान्छेलाई बचाउन आवश्यक रहेको र सोहीअनुसार काम गर्न निर्देशन दिए ।



    प्रधानमन्त्री ओलीले कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै लकडाउन खुकुलो पार्दा अवस्था भयावह हुन सक्ने भएकाले लकडाउन कडा पार्नुको विकल्प नभएको बताए । संक्रमितको संख्या बढ्दै गएको बताउँदै यस्तो बेलामा हेलचेक््रयाइँ गर्न नमिल्ने बताए ।

    उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा गठन भएको उच्चस्तरीय समन्वय समितिको सिफारिसका आधारमा काठमाडौं उपत्यकामा शुक्रबारबाट लकडाउन खुकुलो पारिएको थियो । लकडाउन खुकुलो पारिएसँगै राजधानीमा चहलपहल बढेको छ भने यति नै बेला कोरोना संक्रमितको संख्या बढेको छ । राजधानी दैनिकबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार