काठमाडौं । मंगलबार राती काठमाडौं लगायत केही ठाउँमा भूकम्पको धक्का महशुस गरिएको छ । राती ११ बजेर ५३ मिनेटको समयमा भूकम्पको धक्का महशुस गरिएको हो ।
दोलखाको जुगु आसपास केन्द्र बनाएर ५.३ म्याग्निच्युडको भूकम्पको धक्का महशुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । २०७२ वैशाख १२ र २९ गते भूकम्प गएको थियो । जसका कारण ठूलो जनधनको क्षति भएको थियो । भूकम्पका कारण अहिलेसम्म क्षतिको कुनै विवरण प्राप्त भएको छैन ।
भूकम्पको केन्द्रबिन्दुको गहिराई १०० किमी भएकोले लामो समय र धेरै टाढा सम्म सामान्य धक्का महसुस भएको हुनसक्ने जनाइएको छ ।
Leave a Reply