Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • माैसम अपडेट: आज पनि हावाहुरीसहित पानी पर्ने पूर्वानुमान

    माैसम अपडेट: आज पनि हावाहुरीसहित पानी पर्ने पूर्वानुमान

    अनलाइन नेपाल
  • बुधबार, ३१ बैशाख २०७७
  • 1.6K
    SHARES

    काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी शुक्रबारसम्म मुलुकका विभिन्न स्थानमा हावाहुरीसहित असिना पानी पर्ने पूर्वानुमान गरेको छ ।

    जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकभर पश्चिमी न्युन चापीय प्रणालीको प्रभावसँगै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायु र स्थानीय वायुको प्रभावले हावाहुरीसहित असिना पानी पर्ने क्रम रोकिने छैन ।



    महाशाखाका अनुसार अहिले मुलुकका मध्य, पूर्व र पश्चिमका पहाडी भू-भागमा बदली भई रहेको छ । दिउँसोसम्म मध्य, पश्चिम र पूर्वका केही स्थानमा मेघगर्जनसहित चट्याङ र हावाहुरीसहितको असिना पानी पर्ने महाशाखाको पूर्वानुमान छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार