Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • चीनको वुहानमा फेरि कोरोना संक्रमण, सबै मानिसको परीक्षण गरिदै

    चीनको वुहानमा फेरि कोरोना संक्रमण, सबै मानिसको परीक्षण गरिदै

    अनलाइन नेपाल
  • बुधबार, ३१ बैशाख २०७७
  • 2.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । कोरोना भाइरसको उद्भव चीनको वुहानका १ करोड १० लाखभन्दा बढी मानिसमा कोरोना भाइरस रहे नरहेकोबारे थाहा पाउन परीक्षण गरिने तयारी भएको छ । वुहानमा अप्रिल ३ यता पहिलो पटक ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि त्यहाँका सबै मानिसको १० दिनभित्र कोरोना भाइरसको परीक्षण गर्ने तयारी भएको हो ।

    कोरोना भाइरसको महामारीबाट गुज्रिएको ११ हप्तासम्म कडा लकडाउनमा रहेको वुहान शहरमा गत अप्रिल ८ मा लकडाउन हटाइएको थियो। चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको हो । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलगायतक विभिन्न स्वास्थ्य विशेषज्ञले अबको दुई हप्ता अमेरिकीहरुका लागि सबैभन्दा पीडादायी समय हुने चेतावनी पनि दिँदै आएका छन्



    यसैबीच डब्लुएचओ, विश्व ब्यांक र अन्तराष्ट्रिय मुद्रा कोषले विकासोन्मुख देशमा अर्थतन्त्र तहसनहस नहोस् भन्दै त्यहाँ ऋण सहायताको लागि आग्रह गरेका छन्। डब्लुएचओ प्रमुखले सरकारहरूले जोखिममा रहेका समुदायलाई खाद्यान्न र अन्य आधारभूत सेवा उपलब्ध गराउनुपर्ने बताएका छन्।



    विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार