Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • कोरोना अपडेट: मृतकको संख्या २ लाख साढे ९२ हजार नाघ्याे, ४३ लाख ३९ हजार संक्रमित

    कोरोना अपडेट: मृतकको संख्या २ लाख साढे ९२ हजार नाघ्याे, ४३ लाख ३९ हजार संक्रमित

    अनलाइन नेपाल
  • बुधबार, ३१ बैशाख २०७७
  • 1.7K
    SHARES

    काठमाडौं । विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ९२ हजार ८०८ पुगेको छ ।

    बुधबार बिहानसम्म कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ५५ हजार ७६२ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १६ लाख ७५ हजार ७४२ पुगेको । उत्तर अमेरिकी मुलुकहरुमा ९३ हजार ५४६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १५ लाख ४६ हजार ६२२ पुगेको छ ।



    यस्तै एसियाली मुलुकहरुमा २२ हजार ८५२ जनाको मृत्यु भएको छ । ७ लाख १ हजार ५६५ जना संक्रमित छन् । दक्षिण अमेरिकी मुलुकहरुमा १८ हजार १०८ जनाको मृत्यु भएको छ । ३ लाख ३५ हजार ६२४ जना संक्रमित छन् ।



    अफ्रिकी मुलुकहरुमा २ हजार ४०७ जनाको ज्यान गएको छ भने ७० हजार ९८५ जना संक्रमित छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा ११८ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ८ हजार ५६५ पुगेको छ ।

    सबैभन्दा बढी कोरोनाको संक्रमण फैलिएको मुलुक अमेरिकामा पछिल्लो २४ घण्टामा थप १ हजार ५७१ जनाको मृत्यु भएको छ । योसँगै मृतक संख्या ८३ हजार ३६६ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २२ हजार २०५ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १४ लाख ८ हजार ३९ पुगेको छ ।

    अमेरिकामा संक्रमितमध्ये २ लाख ९३ हजार ३५८ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका १० लाख ३१ हजार ३१५ जनामध्ये १६ हजार ४७३ जनाको अवस्था गम्भीर रहेको छ ।

    विश्वका २१२ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट ४३ लाख ३९ हजार ८२४ जना संक्रमित छन् । बितेको २४ घण्टामा ५ हजार ३२० जनाले ज्यान गुमाएका छन् भने ८५ हजार ३३५ जनामा नयाँ संक्रमण पुष्टि भएको छ ।

    संक्रमितमध्ये १६ लाख २ हजार ९१ जना उपचारपछि निको भएर घर फर्किएका छन् । २४ लाख ४४ हजार ९२५ जनाको उपचार भइरहेको छ । उपचाररत मध्ये ४६ हजार ३४० जनाको अवस्था गम्भीर छ ।

    चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको हो । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलगायतक विभिन्न स्वास्थ्य विशेषज्ञले अबको दुई हप्ता अमेरिकीहरुका लागि सबैभन्दा पीडादायी समय हुने चेतावनी पनि दिँदै आएका छन्

    यसैबीच डब्लुएचओ, विश्व ब्यांक र अन्तराष्ट्रिय मुद्रा कोषले विकासोन्मुख देशमा अर्थतन्त्र तहसनहस नहोस् भन्दै त्यहाँ ऋण सहायताको लागि आग्रह गरेका छन्। डब्लुएचओ प्रमुखले सरकारहरूले जोखिममा रहेका समुदायलाई खाद्यान्न र अन्य आधारभूत सेवा उपलब्ध गराउनुपर्ने बताएका छन्।

    विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार