Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • काठमाडौंमा १ र भक्तपुरमा २ जनासहित एकै दिन ८३ जना संक्रमित थपिए

    काठमाडौंमा १ र भक्तपुरमा २ जनासहित एकै दिन ८३ जना संक्रमित थपिए

    अनलाइन नेपाल
  • मंगलबार, ३० बैशाख २०७७
  • 3.1K
    SHARES

    काठमाडौं । आज मात्रै ८३ जना कोरोना संक्रमित थपिएका छन् ।

    मंगलबार राति पुनः २६ जना कोरोना (कोभिड–१९) संक्रमित थपिएसँगै जम्मा संक्रमितको संख्या २१७ पुगेको छ।



    स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्यको प्रयोगशालामा भएको परीक्षणमा २६ जनाको नतिजा पोजेटिभ आएको हो।



    पछिल्लो रिपोर्ट अनुसार पर्साका १८ जना (६ जना महिला र १२ जना पुरुष), महोत्तरीका २ पुरुष, धुनुषामा २ जना (१ जना पुरुष र १ जना महिला), भक्तपुरमा २ जना (१ पुरुष र १ जना महिला) र काठमाडौंका १ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ।

    यसअघि आजै ५७ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको थियो । थपिएका संक्रमितमध्ये ३९ जना पर्साकै थिए भने रुपन्देहीका ९, कपिलवस्तुका ८ र बाराका १ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार