Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • एकबाट अर्को जिल्ला जान नपाइने, सवारी पास खारेज

    एकबाट अर्को जिल्ला जान नपाइने, सवारी पास खारेज

    अनलाइन नेपाल
  • मंगलबार, ३० बैशाख २०७७
  • 2.3K
    SHARES

    काठमाडौं। गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै अस्थायी सवारी पास रद्द गर्ने निर्णय गरेको  छ ।

    विभिन्न  कोरोना संक्रमितको संख्या बढेसँगै आवश्यक सावधानी अपनाउन यस्तो निर्णय गरिएको हो ।



    उपत्यकाका ३ जिल्लाका लागि भने यो नियम लागू हुने छैन । उपत्यकाभित्र आवागमन गर्न जारी गरिएका पासले उपत्यका बाहिर जान भने पाइने छैन ।



    गृहको यो निर्णय कडाइका साथ पालना गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालय, सातवटै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई निर्देशन समेत दिइएको छ ।

     

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार