Online Nepal
  • शनिबार, ३१ जेष्ठ २०८२
  • बारामा निषेधाज्ञा जारी गर्दै प्रशासनले गर्‍याे यस्ताे ५ निर्णय

    बारामा निषेधाज्ञा जारी गर्दै प्रशासनले गर्‍याे यस्ताे ५ निर्णय

    अनलाइन नेपाल
  • मंगलबार, ३० बैशाख २०७७
  • 4.2K
    SHARES

    काठमाडौं । तराईको बारा र पर्सामा कोरोना संक्रमितको संख्यामा वृद्धि भएसँगै जिल्ला प्रशासन कार्यालय बाराले निषेधाज्ञा जारी गर्दै विभिन्न ५ निर्णय गरेको छ ।

    क्राइसिस मेनेजमेन्ट सेन्टरको मंगलबार बसेको बैठक बमाेजिम प्रशासनले विभिन्न ५ निर्णय गरेको हाे । संक्रमणको जोखिमलाई मध्यनजर राख्दै स्थानीय प्रशासनबाट जारी भएका सिकिस्त बिरामी प्रयोजन बाहेकका हस्तलिखित तथा ई–पास समेत भोलिदेखि खारेज गर्ने निर्णय गरेको छ ।



    त्यस्तै पर्सा जिल्लाको वीरगञ्जबाट बारा जिल्लामा सञ्चालन हुने सवारी साधन पूर्ण रुपमा बन्देज लगाउने निर्णय गरेको छ । भारतसँग सीमा नाका जोडिएका ठाउँहरुबाट आवात जावतमा पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ भने अत्यावश्यक काम बाहेक अन्य कामका लागि कोही पनि घरबाट बाहिर ननिस्कन रोक लगाएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार