Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • घर फर्किन चाहने नेपालीको आवश्यक व्यवस्था मिलाउन निर्देशन

    घर फर्किन चाहने नेपालीको आवश्यक व्यवस्था मिलाउन निर्देशन

    अनलाइन नेपाल
  • मंगलबार, ३० बैशाख २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । घर फर्किन चाहने उत्तर प्रदेशमा रहेका नेपालीको लागि घर फर्किने व्यवस्था मिलाउन भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले निर्देशन दिएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा उनको कार्यालयले उल्लेख गरे अनुसार आदित्यनाथले नेपाल नफर्की भारतमा नै बस्न चाहने नेपालीको लागि पनि आवश्यक व्यवस्था गर्न निर्देशन दिएका छन् ।

    काम, पढाइ तथा अन्य सिलसिलामा उत्तर प्रदेश पुगेका धेरै नेपालीहरु अहिले लकडाउनको कारण रोकिएका छन् । भारतमा मजदुरहरुलाई रेलबाट आफ्नो गन्तव्यमा पुर्‍याउने काम शुरु भएसँगै उत्तर प्रदेशका मुख्यमन्त्रीले उत्तर प्रदेशमा रहेका नेपालीलाई पनि घर फर्किने व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।

    भारतमा धेरै स्थानमा रहेका मानिसहरु उत्तर प्रदेश हुँदै नेपाल आउने गरेका छन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार