काठमाडाैं । भारत र चीनको नियन्त्रण रेखा नजिक चिनियाँ हेलिकप्टरहरू मंगलवार उडेपछि भारतले सतर्कता अपनाएकाे छ। गत साता पांगोङ तालमा दुवै पक्षका करीब २५० सैनिकबीच भिडन्त भएपछि चीनका हेलिकप्टर त्यहाँ देखिएका हुन् ।
गत मंगलवार भएको तनाव स्थानीय कमान्डरहरूले नै शान्त बनाएका थिए । तर भिडन्तपछि वास्तविक नियन्त्रण रेखा नजिक भएर चिनियाँ सैन्य हेलिकप्टरहरू कम्तीमा दुईपटक उडेका छन्।
त्यसपछि भारतीय वायुसेनाका सु–३० फाइटर जेटहरूले पनि उक्त स्थानको गश्ती गरेको बताइएको छ । भिडन्तपछि दुवै पक्षले थप सैनिक उक्त क्षेत्रमा ल्याएका छन् । एजेन्सी
Leave a Reply