Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • पाेखरामा भारतबाट आएका युवक प्रहरी देख्नसाथ तीन तलाबाट हाम फाले

    पाेखरामा भारतबाट आएका युवक प्रहरी देख्नसाथ तीन तलाबाट हाम फाले

    अनलाइन नेपाल
  • मंगलबार, ३० बैशाख २०७७
  • 1.7K
    SHARES

    पोखरा । पाेखरामा भारतबाट आएका युवक प्रहरी देख्नसाथ तीन तलाबाट हाम फालेका छन्। पोखरा महानगरपालिका ८ बस्दै आएका सोलुखुम्बुका अभिषेक बस्नेत हाम फालेका हुन्।

    कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिन नदिन भारत सरकारले गरेको लकडाउनमा उनी परे । लकडाउन लम्बिरह्यो । त्यसैले उनले हिँडेरै नेपाल आउने निर्णय गरेर पाेखरा अाए।
    करिब तीन महिनाअघि कामका लागि उनी भारतको कर्नाटक गएका थिए।



    अभिषेक भारतबाट आएको थाहा पाएपछि स्थानीय तर्सिए । तत्कालै उनीहरुले वडामा खबर गरेपछि वडा प्रहरीसहित जनप्रतिनिधि पुगे । प्रहरी देख्नेबित्तिकै अभिषेकले आफू बस्दै आएको तीन तलामाथिबाट हामफाले । उनको खुट्टामा सामान्य चोट लागेको छ । ‘गेटबाट भित्र मात्र छिन लागेका थियौं । भाइले माथिबाट झ्याम्मै हाम फालिहाले,’ पोखरा ८ वडाध्यक्ष रुद्र बरालले भने, ‘तर प्रहरीले तत्काल नियन्त्रणमा लिइहाल्यो ।’



    जिल्ला प्रहरी कार्यालय कास्कीका इन्सपेक्टर नवराज अभिकारीले बस्नेतलाई महानगरको क्वारेन्टिनमा राख्ने तयारी भइरहेको जानकारी दिए ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार