Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • कोरोना संक्रमित ह्वात्तै बढेपछि लकडाउन थप कडा बनाउने सरकारको तयारी

    कोरोना संक्रमित ह्वात्तै बढेपछि लकडाउन थप कडा बनाउने सरकारको तयारी

    अनलाइन नेपाल
  • मंगलबार, ३० बैशाख २०७७
  • 4K
    SHARES

    फाइल तस्बिर

    काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्न थालेपछि सरकारले लकडाउनमा कडाई गर्ने संकेत देखाएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले नै लकडाउनमा कडाइ नगरे परिस्थिति नियन्त्रण बाहिर जाने बताइ सकेका छन्।



    सरकारी कार्यालय तथा वित्तीय संस्थाहरूको काम सुचारु गर्ने नाममा काठमाडौंमा लकडाउन औचित्यहीन बनेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि समेत व्यक्त गरे।



    मन्त्रिपरिषद्को मंगलबारको बैठकमा प्रधानमन्त्री ओलीले मान्छेको जीवनभन्दा आर्थिक गतिविधि ठूलो होइन भन्दै लकडाउनमा कुनै सम्झौता नहुने बताए।

    स्रोतका अनुसार अहिलेको अवस्थालाई लकडाउन भनिँदैन भन्दै कडारुपमा प्रस्तुत भएका ओलीले लकडाउन कडा पार्न तत्काल कदम चाल्न उच्चस्तरीय समन्वय समितिलाई निर्देशनसमेत दिएका थिए ।

    दैनिक उपभोग्य वस्तुहरुको बिक्री वितरणमा केही खुला गरेको सरकारले भोलिदेखि थप कडाई गर्ने भएको हो । तर, कसरी कडाई गर्ने भन्ने विषयमा भने निर्णय भइसकेको छैन ।

    नेपालमा आज मात्रै ५७ जनामा कोरोना संक्रमण देखिएको छ ।

    देशका विभिन्न स्थानका ५७ जना पुरूषमा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार पर्साका सबैभन्दा धेरै ३९ जना, रूपन्देही ९, कपिलवस्तु ८ र बाराका १ जनामा कोरोना देखिएको छ ।

    यससँगै नेपालमा कोरोना संक्रमित संख्या १ सय ९१ पुगेका छन् ।

    यसअघि सोमबार कपिलवस्तु, रुपन्देही, बर्दिया र सप्तरीमा गरेर एकै दिन २४ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार