Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • नेकपाले बोलायो स्थायी कमिटी बैठक

    नेकपाले बोलायो स्थायी कमिटी बैठक

    अनलाइन नेपाल
  • मंगलबार, ३० बैशाख २०७७
  • 1.8K
    SHARES

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले बुधबारका लागि स्थायी कमिटी बैठक बोलाएको छ । पार्टी कार्यालय धुम्बाराहीमा ११ बजे बस्ने गरी स्थायी कमिटी बैठक बोलाइएको एक नेताले जानकारी दिए ।

    केही दिनघि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले ‘दबाब समुह’ गठन गर्दै पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई औपचारिक बैठक बोलाउँन दबाब दिएपछि स्थायी कमिटी बैठक बोलाइएको ती नेताकाे भनाइ छ।



    दबाब समुहमा स्थायी कमिटीका सदस्यहरु भीम रावल, देव गुरुङ्ग, जनार्दन शर्मा, रघुजी पन्त सदस्य रहेका छन् । सरकारले जारी गरेका दुई अध्यादेश प्रकरणपछि आन्तरिक विवाद बढेकाले यो बैठक स्थगित गरिएको थियो । स्थायी कमिटी बैठकका एजेन्डा तय गर्न बसेको सचिवालय बैठकमा सहमति नजुटेपछि बैठक स्थगित गरिएको थियो । पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले र पुष्पकमल दाहालबीच बैठकका एजेन्डाबारे सहमति जुटेको थिएन ।



    अध्यादेश प्रकरणपछि प्रधानमन्त्री ओलीको दाहाल तथा बरिष्ठ नेता माधव नेपाल समूहले चर्को आलोचना गरेको थियो । ओलीको राजीनामा मागिएपछि उनले कोरोनापछि उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने बताएका थिए ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार