Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • ‘बजेट कृषि र राष्ट्रिय सुरक्षामा केन्द्रित हुनुपर्छ’

    ‘बजेट कृषि र राष्ट्रिय सुरक्षामा केन्द्रित हुनुपर्छ’

    अनलाइन नेपाल
  • मंगलबार, ३० बैशाख २०७७
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले आगामी आर्थिक वर्षको बजेट कृषि क्षेत्र र राष्ट्रिय सुरक्षामा केन्द्रित भएर ल्याउनुपर्ने बताएका छन् । आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले देश र जनता सुरक्षित नभई कुनै पनि काम अगाडि बढ्न नसक्ने बताए।

    रावलले नेपालको भूमि भारतले अतिक्रमण गरेको विषयमा पटक पटक ध्यानाकर्षण गर्दा पनि सुनुवाइ नभएको भन्दै गुनासो गरे । उनले कालापानी क्षेत्रको सुरक्षाका लागि सुरक्षाकर्मी खटाउने उचित प्रवन्ध गर्न सरकारको ध्यानाकर्षण गराए ।



    ग्रामीण क्षेत्रमा उत्पादन हुने तरकारी सडेर जाने अवस्था आएको तर भारतबाट ट्रकका ट्रक तरकारी नेपाल भित्रिरहेको उल्लेख गर्दै रावलले बजेटमा यस्ता विषयमा ध्यान दिन आग्रह गरे ।
    सरकारले समाजवाद उन्मुख अर्थतन्त्र र कल्याणकारी राज्यको सिद्धान्तको अवधारणा अघि सारे पनि व्यवहारमा दलाल, नोकरशाही र पूँजीपतिहरुलाई प्रश्रय दिइएको उनले बताए ।



    त्यस्तै कोरोना संक्रमण रोक्ने सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरुको व्यवस्थापन नै हुन नसकेको भन्दै रावलले भौतिक संरचना निर्माणलगायत व्यक्तिगत आवश्यक उपकरणको प्रवन्ध गर्न सरकारलाई आग्रह गरे ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार