Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • युद्धको तयारीमा अमेरिका!

    युद्धको तयारीमा अमेरिका!

    अनलाइन नेपाल
  • मंगलबार, ३० बैशाख २०७७
  • 2.4K
    SHARES

    एजेन्सी । अमेरिकाले युद्धको परिस्थितिमा आफनो तयारीको परिक्षण गर्ने क्रममा लामो दुरीसम्म प्रहार गर्न सक्ने ६ बमबर्षक युद्धक विमान उडाएको छ । यी बमबर्षकले मे ७ उडान भरेको हो । स्ट्रेटेजिक कमान्डले कम्ब्याक्टस् कमान्डसँग मिलेर उक्त अभियान चलाएको हो । यी बमबर्षक विमान दक्षिण चीन सागरमा चीनसँग तनाव बढिरहेको बेला अमेरिकी स्ट्रेटेजिक कमान्डले युरोपियन कमान र प्यासेफिक कमान क्षेत्रमा उडान गरेको हो ।

    उक्त क्षेत्रमा चीन र अमेरिका दुबैले आफना सैन्य शक्तिको जाल विछ्याउन शुरु गरेका छन् । यस क्रममा ह्वाइटम्यान एयरफोर्स बेसका दुई बी–२ स्पिरिट बमर, माइनट एयरफोर्स बेसबाट दुई बी ५२ एच स्टेटोफर्टे«सेज र बार्कस्डले एरफोर्स बेसबाट दुई बी–५२ एचएस उडाएका थिए ।



    विश्वभरीमा संभावित संकट र चुनौतीपुर्ण स्थितिलाई ध्यानमा राख्दै अमेरिकाले आफनो तयारीको आंकलन गर्न बमबर्षक उडाएको हो । चीनले साउथ चाइना सीलाई ध्यानमा राखी आफनो सैन्य रणनिति बनाइरहेको छ । चीनले उक्त जल क्षेत्रको ठुलो हिस्सामाथि आफनो सम्प्रभुता दावी गर्दै आइरुहेको छ ।



    अमेरिकाले त्यसलाई अस्विकार गर्दै चुनौती दिँदै आइरहेको छ । यस क्रममा अमेरिकाले पनि आफना तीन युद्धपोत त्यहाँ तैनाथ गरेकोछ । स्याटलाइटबाट प्राप्त तस्विर अनुसार चीनले कृतिम टापु निर्माण गर्दै सैन्य अड्डा तयार गरिरहेको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार