Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै मन्त्री पद्मा अर्यालको राजीनामा माग

    गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै मन्त्री पद्मा अर्यालको राजीनामा माग

    अनलाइन नेपाल
  • मंगलबार, ३० बैशाख २०७७
  • 3.3K
    SHARES

    काठमाडौं । नेपाल विद्यार्थी संघ स्याङजाले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै भूमि व्यवस्था मन्त्री पद्मा अर्यालको राजीनामा मागेको छ । संघका जिल्ला अध्यक्ष अजित क्षेत्रीले विज्ञप्ति जारी गर्दै मन्त्री पद्मा अर्यालले तत्काल जनता समक्ष माफ माग्न र नैतिकताको आधारमा राजीनामा दिन माग गरेका हुन ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा कुराकानी गर्दै मन्त्री अर्यालले लिम्पियाधुरा इतिहासदेखि नै नेपालको नक्साभित्र नरहेको अभिव्यक्ति दिएकी थिइन् । उनको अभिव्यक्तिको सर्वत्र विरोध भइरहेको छ ।



    ‘मुलुकको जिम्मेवार भूमि ब्यबस्था मन्त्री अर्यालले पटक पटक राष्ट्रियता, स्वाधिनता र सीमा रक्षाको सवालमा पदिय जिम्मेवारी र नागरिक उतरदायित्वको समेत अवमुल्यन गर्दै, लिम्पियाधुरा कहिलै नभएको त, कहिले नेपाली महाकाली पारीका भूमि नेपालको नक्सामा समाबेश गर्न अवस्थाले नदिएको भन्ने जस्तो गैर जिम्मेवारी अभिव्यक्ति दिएकोप्रति नेपाल बिद्यार्थी संघ स्याङ्जाले घोर भत्सर्ना गर्दै तत्काल जनता समक्ष माफी माग्न र नैतिकताको आधारमा राजीनामा दिन माग गर्दछौं’ विज्ञप्तिमा उल्लेख छ ।



    यस्तै नेविसंघले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिने मंन्त्री नसच्चिएसम्म र राष्ट्रियता जस्तो गम्भीर सवालमा खेलवाड गर्ने मन्त्रीको सबै कार्यक्रम नेबिसंघ स्याङ्जाले बहिष्कार गर्ने घोषणा समेत गरेको छ ।

    भारतले नेपाली भुमी कालापानी मिची चीन जोड्ने सडक हालै उद्घाटन गरेको र चीनले समेत सोही मार्ग प्रयोग गरि चीन भारत ब्यापार गर्ने सम्झौता गरेको प्रती नेपाल बिद्यार्थी संघ खेद प्रकट गरेको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार