Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • अमेरिकालाई तुरुन्त गल्ती सच्याउन चीनको चेतावनी

    अमेरिकालाई तुरुन्त गल्ती सच्याउन चीनको चेतावनी

    अनलाइन नेपाल
  • मंगलबार, ३० बैशाख २०७७
  • 2.3K
    SHARES

    बेइजिङ । काेराेना भाइरसका कारण पछिल्लाे समय अमेरिका र चीनबीच विभिन्न टिकाटिप्पणी भइरहेकाे छ। साेहीक्रममा चीनले अमेरिकालाई आफ्ना पत्रकारहरुका लागि भिसा शर्त कडा बनाएकोमा जवाफी निर्णय गर्ने चेतावनी दिएको छ ।

    साथै अमेरिकालाई तत्कालै यो ‘गल्ती सच्याउन’ आग्रह पनि गरेको छ । अमेरिकाले गत साता चिनियाँ पत्रकारहरुको आगमनका लागि नयाँ शर्त लागु गरेको थियो । चीनले विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजिआन मार्फत अमेरिकी नयाँ निर्णयको विरोध गरेको हो ।



    आफूहरुले यस्तो निर्णय अस्विकार गर्ने चीनले जनाएको छ । यस्तो निर्णयलाई चीनले आफ्ना मिडियामाथि दबाबको रुपमा व्याख्या गरेको छ । ‘हामी यसको विरुद्ध कडा विरोध र असन्तुष्टि व्यक्त गर्छौँ, अमेरिकाले तुरुन्तै यो गल्ती सच्याओस् भन्ने हामी चाहन्छौँ । अन्यथा चीनसँग जवाफी उपाय लिने भन्दा अन्य विकल्प छैन,” झाओले भनेका छन् ।-एजेन्स



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार