Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • ‘प्रवेशाज्ञाको म्याद सकिएकै कारण कानुनी जटिलता व्यहोर्नु पर्दैन’

    ‘प्रवेशाज्ञाको म्याद सकिएकै कारण कानुनी जटिलता व्यहोर्नु पर्दैन’

    अनलाइन नेपाल
  • मंगलबार, ३० बैशाख २०७७
  • 2K
    SHARES

    काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले रोजगारीलगायत विभिन्न पेसा र व्यावसायमा गएका नेपालीको प्रवेशाज्ञा (भिसा) को म्याद सकिएकै कारणले कसैले पनि विदेशमा कानुनी जटिलता व्यहोर्नु नपर्ने बताएका छन् ।

    संघीय संसद् राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यन्वयन, अनुगमन तथा मूल्याङकन समितिको सोमबारको बैठकमा उनले विदेशमा कोरोना सङ्क्रमित नागरिकलाई सम्बन्धित देशको नागरिकसरह नै उपचारको व्यवस्थाका लागि तत्तत् देशलाई आग्रह गरिएकाले उपचारमा समस्या कहीँकतै नदेखिएको बताए ।



    मन्त्री ज्ञवालीले भने, ‘खानेबस्ने प्रबन्ध मुख्यरूपमा रोजगारदाताले गरेका छन्, केही ठाउँमा रोजगारदाता भागेको अवस्थामा गैरआवासीय नेपाली संघ, स्थानीय च्यारेटी सङ्घ र दूतावास मिलेर सक्दो सहयोग गराइरहेका छन् । यद्यपि सबै ठाउँमा सबै ठिक छ भन्ने होइन । प्रवेशाज्ञाको म्याद सकिए पनि कानुनी झन्झट व्यहोर्नुनपर्ने व्यवस्था मिलाइएको छ ।’



    कोभिड–१९ का कारण विस्तारै रोजगारी गुमाउनेको संख्या बढ्दै गएको बताउँदै उनले नेपालीहरूले आफ्नो देश फर्कन पाउनुपर्छ भन्नेमा सरकार सचेत रहेको बताए । कोरोनाको महामारीपछि उत्पन्न परिस्थितिका कारण नेपाल फर्कने नेपालीको संख्या ५ लाख ८८ हजार ७ सय हुन सक्ने अनुमान गरिएको सो अवसरमा जानकारी दिइयो ।

    खाडी मुलुकबाट ३ लाख २५ हजार र बाँकी भारतबाट नेपाली नागरिक फर्कने अनुमान छ । तीमध्ये तत्काल ल्याउन पर्ने संख्या २ लाख १० हजार ८७१ रहेको मन्त्रालयले जानकारी दिएको छ । फर्कन चाहनेको प्राथमिकता निर्धारण र ल्याएपछि कहाँ कसरी क्वारेन्टाइनमा राखेर व्यवस्थापन गर्ने चुनौती छ ।

    स्वदेश फर्कन चाहनेलाई कसरी ल्याउने, कुन क्वारेन्टाइनमा राख्ने र त्यसपछि कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा सरकारले गृहकार्य गरिरहेको मन्त्री ज्ञवालीले जानकारी दिए । अहिले मुलुकमा तयार गरिएका ३५ हजार क्वारेन्टाइनमध्ये २५ हजार भरिएका छन् ।

    एकैसाथ धेरै नेपाली स्वदेश फर्केमा क्वारेन्टाइनकै समस्या हुने अनुमान गरिएको छ । परराष्ट्रमन्त्री ज्ञवाली भन्छन्, ‘एकैपटक ठूलो संख्यामा नेपाली फर्कने हो भने तयारी र व्यवस्थापनमा उलटपुलट हुनेछ । यद्यपि आवश्यक तयारी गरेर ल्याइने हुनाले व्यवस्थापन गर्न सरकार सक्षम हुनेछ ।’

    नेपालको कुल जनसंख्याकाको १५ प्रतिशत जनसंख्या मुलुकबाहिर छ । कूटनीतिक निकाय र नियोगबाट प्राप्त जानकारीअनुसार विश्वका १०९ मुलुकमा ६४ लाख ६३ हजार ३७३ नेपाली विभिन्न पेसा र व्यावसायमा छन् । विभिन्न २१ मुलुकमा १० हजारभन्दा बढी नेपालीको संख्या छ । प्रवासमा रहेकामध्ये ठूलो संख्या श्रमिक छन् ।

    विश्वका १२ मुलुकमा श्रम सम्भौताका आधारमा रोजगारीका लागि गएका नेपालीको संख्या १२ लाख ११ हजार ९२४ रहेको छ । वैदेशिक रोजगारीमा घरमा काम गर्न विभिन्न माध्यमबाट गएकाले उनीहरुको यकिन तथ्याङ्क नरहेको मन्त्रालयले जनाएको छ । रासस

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार