Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • माैसम अपडेट : आज हावाहुरी र चट्याङसहित वर्षा हुने सम्भावना

    माैसम अपडेट : आज हावाहुरी र चट्याङसहित वर्षा हुने सम्भावना

    अनलाइन नेपाल
  • मंगलबार, ३० बैशाख २०७७
  • 1.7K
    SHARES

    काठमाडौं- जल तथा मौसम पूर्वानुमान महाशाखाले आज बिहानैदेखि देशभरको मौसममा बदली हुने जनाएको छ । महाशाखाका अनुसार आज पनि देशका विभिन्न स्थानमा हावाहुरी, चट्याङसहित वर्षाको सम्भावना छ ।

    मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार आज पहाडका केही र तराईका थोरै स्थानमा हावाहुरी र मेघगर्जनसहित वर्षा हुने सम्भावना छ। यस्तै देशभका पहाडी भूभागका केही स्थान तथा तराईका थोरै ठाउँमा पनि अपराह्नपछि नै हावाहुरी, चट्याङ तथा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको अनुमान गरिएकाे छ।



    मौसमविद्का अनुसार अहिले मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुका साथै बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभाव छ। सोही कारण नेपालमा हावाहुरी, चट्याङसहित वर्षा हुने क्रम चलिरहेको हो।



    यो क्रम बिहीबारसम्म जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले सामान्यतया तीन दिनसम्मको मौसम अनुमान गर्ने गर्छ।

    यस्तो छ तीन दिनको मौसमी पूर्वानुमान

    वैशाख ३० गते (मंगलबार)

    दिउँसो : देशको अधिकांश भू-भागमा सामान्य बदली रहनेछ। देशको पहाडि भू-भागका केही स्थानमा र तराईका थोरै स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।

    राति : देशको पूर्वी र मध्य भू-भागलगायत पश्चिमी पहाडि भू-भागमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी तथा मध्य भू-भागका थोरै स्थान र पश्चिमी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।

    वैशाख ३१ गते (बुधबार)

    दिउँसो : देशको अधिकांश भू-भागमा सामान्य बदली रहनेछ। पूर्वी भू-भागका केही स्थान र पश्चिमी तथा मध्य भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।

    राति : देशको पुर्वी तथा मध्य भू-भाग भू-भागमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी र मध्य भू-भागका केही स्थान तथा पश्चिमी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।

    जेठ १ गते (बिहीबार)

    दिउँसो : देशको पूर्वी र मध्य भू-भागलगायत पश्चिमी पहाडि भू-भागमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी भू-भागका केही स्थान र पश्चिमी तथा मध्य भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।

    राति : देशको अधिकांश भू-भागमा सामान्य बदली रहनेछ। पूर्वी र मध्य भू-भागका केही स्थान तथा पश्चिमी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।

    भर्खर

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार