Online Nepal
  • शनिबार, ३१ जेष्ठ २०८२
  • कुहिएको चामल भेटिएपछि गोदाममा छापा

    कुहिएको चामल भेटिएपछि गोदाममा छापा

    अनलाइन नेपाल
  • सोमबार, २९ बैशाख २०७७
  • 4K
    SHARES

    धनगढी । धनगढी उपमहानगरपालिकाले वितरण गरेको चामल कुहिएको र किरा परेको भेटिएको छ । उपमहानगरपालिकाले लडकडाउनका बेला खान समस्या भएको विपन्न परिवारलाई चामललगायतको खाद्यान्न खरिद राहतस्वरुप चामल वितरण गर्दै आएको छ ।

    धनगढी उपमहानगरपालिकाले राहतमा वितरण गरेको चामल कुहिएको र किरा परेको भेटिएपछि खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय धनगढीको टोलीले सोमबार ठाकुर ट्रेड लिंक गोदाममा छापा समेत मारेको छ ।



    गुण नियन्त्रण कार्यालयका सूचना अधिकारी दीपक कुँवरले राहतमा वितरण भएको चामलको गुणस्तरमाथि प्रश्न उठेपछि परीक्षणका लागि गोदाममै पुगेर छापा मारेको बताए ।

    उनले कुहिएको र किरा भेटिएको भनिएको चामलका बोरा खोलेर अध्ययन सुरु भएकाले सरोकारवालासँगको छलफल पछि थप प्रक्रिया अगाडी बढाइने बताए । ठाकुर ट्रेड लिंकले दुई करोड ६१ लाखमा राहत समाग्री आपूर्ती गर्ने जिम्मा पाएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार