Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • उखु भुक्तानी विषयमा विवाद हुँदा झडप, ११ जना घाइते

    उखु भुक्तानी विषयमा विवाद हुँदा झडप, ११ जना घाइते

    अनलाइन नेपाल
  • सोमबार, २९ बैशाख २०७७
  • 2.7K
    SHARES

    फाइल : तस्बिर

    धनकौल । सर्लाहीको धनकौल गाउँपालिकामा उखु किसानको भुक्तानीको विषयमा विवाद उत्पन्न हुँदा भएको झडपमा ११ जना घाइते भएका छन् ।

    प्रहरी कार्यालयमा थन्किएका ट्रक छाड्ने र किसानको बाँकी भुक्तानी दिलाउने विषयमा छलफल भइरहेको समयमा दुई पक्षबीच झडप भएको सर्लाहीका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक विश्वमणि पोख्रेलले जानकारी दिए ।



    धनकौल गाउँपालिका–६ मा रहेको अन्नपूर्ण चिनी उद्योगमा मौज्दात रहेको चिनी बिक्री वितरण गर्नका लागि लैजाने भन्दै गतरातमा आएका ६ वटा ट्रकलाई स्थानीय उखु उत्पादक किसानले नियन्त्रणमा लिएका थिए । बिक्री गरेको उखुको भुक्तानी नदिएसम्म ट्रक नछाड्ने अडान किसानले लिएका थिए ।



    इलाका प्रहरी कार्यालय हरकठवा र बसबरिया प्रहरी चौकी भवानीपुरमा किसानले नियन्त्रणमा लिएका ट्रक राखिएको छ । हरकठवामा रहेका चारमध्ये दुईवटा ट्रकमा चिनी लोड छ भने दुईवटा खाली रहेका छन् । यस्तै भवानीपुरमा रहेका दुवै ट्रकमा चिनी लोड छ ।

    २०७० सालदेखिको करिब १२ हजार उखु उत्पादक किसानको करिब रु ४० करोड सो उद्योगले भुक्तानी नदिँदा उखु उत्पादक किसान निरास भएका छन् । बन्दाबन्दीको समयमा चिनी उद्योगबाट भुक्तानी पाइएला र घर व्यवहार धान्न सहज होला भन्ने आस गरेका उखु उत्पादक किसान झन निरास भएका छन् । समस्या समाधान गर्न विशेष पहल भइरहेको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार