Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • कालापानीमा हतियार र सामान पठाउने तयारी

    कालापानीमा हतियार र सामान पठाउने तयारी

    अनलाइन नेपाल
  • सोमबार, २९ बैशाख २०७७
  • 1.8K
    SHARES

    काठमाडौं । सरकारले भारतद्वारा अतिक्रमित कालापानी क्षेत्रमा ठुलाे संख्यामा सुरक्षाकर्मी पठाउने अन्तिम तयारी गरेको छ। यसका लागि दार्चुलाको व्यास गाउँपालिकाको कालापानी क्षेत्र नजिकै सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) स्थापनाकाे लागि गृह मन्त्रालयले निर्देशन दिएकाे छ।

    गत मंसिरमै नेपाल सरकारले बीओपी राख्ने निर्णय गरेको भए पनि विभिन्नका कारण ढिलाइ भएको थियो। भारतले यही शुक्रवार नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनसँग सीमा जोड्ने गरी सडक निर्माण गरेपछि सरकारले अहिले तत्काल व्यासको छाङ्गरुमा सशस्त्र प्रहरीको बीओपी राख्ने भएको हो।



    बुधबारसम्म हेलिकप्टरमार्फत बन्दोबस्तीको सामग्रीसहित सशस्त्र प्रहरी पठाउने तयारी छ।  दार्चुलाको ब्यास गाउँपालिका–१, छाङरु (कालापानीबाट १० किलोमिटर वर) प्रहरी निरीक्षक (इन्स्पेक्टर) को कमाण्डमा ३५ जनाको टोली राख्ने सशस्त्र प्रहरी बलको तयारी छ । सशस्त्र प्रहरीका प्रवक्ता प्रवीणकुमार श्रेष्ठले भने, ‘अहिले हातहतियार र जनशक्ति पठाउने तयारी गरिरहेका छौं ।’



    प्रवक्त श्रेष्ठका अनुसार नेपाली सेनाको हेलिकप्टरमार्फत बन्दोवस्तीका सामान पठाउनेबारे पनि छलफल भइरहेको छ । ‘यथाशीघ्र बीओपी राख्ने तयारी भएपनि विकटताका कारण केही समय लाग्ने भएको छ’, सशस्त्र प्रहरी स्रोतले भन्यो ।

    मंसिरमा ११४ वटा बीओपी स्थापना गर्न सरकारले निर्णय गर्नुअघि सशस्त्र प्रहरीको एक सय ७ वटा बीओपी थियो । त्यसपछि १ वैशाखमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले भारत र चीनको सीमा क्षेत्रमा गरेर ५ सय वटा बीओपी राख्ने गरी तयारी थाल्न सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार