Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • सरकारले दियो भारतीय राजदूतलाई ‘कुटनीतिक नोट’

    सरकारले दियो भारतीय राजदूतलाई ‘कुटनीतिक नोट’

    अनलाइन नेपाल
  • सोमबार, २९ बैशाख २०७७
  • 1.7K
    SHARES

    काठमाडौं।  सरकारले लिपुलेक विवाद र भारतीय अतिक्रमणबारे भारतीय राजदूतलाई बोलाएर स्पष्टिकरण लिएको छ ।

    भारतले लिपुलेक, कालापानी क्षेत्रमा अतिक्रमण गरी सडक निर्माण गरेर नेपालको राष्ट्रियतामाथि हस्तक्षेप गरेको भन्दै अहिले देशभर बिरोध प्रदर्शन भइरहेको छ। यही बेला सरकारले नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रालाई मन्त्रालय बोलाएर ‘कुटनीतिक नोट’ दिएको हो ।



    सिहदरवारस्थित मन्त्रालयमा विहान साढे ११ बजे आउनु भएका राजदूत क्वात्रासँग परराष्ट्र मन्त्रालयले आवश्यक जानकारी समेत लिएको छ । राजदूत क्वात्राले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सचिव शंकर वैरागीसहितका पदाधिकारीलाई मन्त्रालयमा भेटेका हुन ।



    नेपाली भूभाग भित्र रहेको लिपुलेकमा बिना सूचना र जानकारी भारतीय पक्षले सडक निर्माणसहितका गतिविधि जारी राखेकोमा राजदूत क्वात्रालाई ‘कुटनीतिक नोट’ समेत दिइएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार