काठमाडौं । भारतमा लकडाउन जारी रहँदा पनि कोरोना भाइरस संक्रमितको संख्या निरन्तर बढिरहेको छ ।
नेपालसँग सीमा जोडिएको बिहारमा पनि कोरोना संक्रमितको संख्या बढिरहेको छ । बिहारमा ६९६ जनामा संक्रमण देखिएको छ भने ६ जनाको ज्यान गएको छ । नेपालसँग सीमा जोडिएका पश्चिम वंगाल र बिहारमात्र ३ सय २१ संक्रमित थपिएका छन् । बिहारमा एकैदिन ८५ जनामा संक्रमण देखिएको छ ।
कोरोनाका कारण महाराष्ट्र, गुजरात तथा राजधानी दिल्ली नराम्रोसँग प्रभावित भएका छन् । महाराष्ट्रमा २२ हजार १ सयभन्दा धेरै जना संक्रमित भएका छन् भने ८ सय ३२ जनाले ज्यान गुमाएका छन् । त्यस्तै गुजरातमा ८ हजार १सय ९४ जना प्रभावित भएका छन् जहाँ ४सय ९३ जनाले ज्यान गुमाएका छन् ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ६७ हजार १ सय ५७ जनामा कोरोना भाइरसको स्रक्रमण पुष्टि भएको छ । संक्रमणका कारण २ हजार २ सय ६ जनाले ज्यान गुमाएका छन् घर फर्किसकेका छन् ।
Leave a Reply