Online Nepal
  • मंगलबार, २३ पुष २०८१
  • ‘काडेतार लगाएर भए पनि सीमा नाका जोगाऔँ’

    ‘काडेतार लगाएर भए पनि सीमा नाका जोगाऔँ’

    अनलाइन नेपाल
  • सोमबार, २९ बैशाख २०७७
  • 3.3K
    SHARES

    काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले नेपालको सीमा विवाद गर्न दीर्घकालीन समाधान खोज्न माग गरेका छन् ।

    सोमबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा उनले यस्ताे माग गरेका हुन्। उनले सीमामा सधैँ समस्या देखिएको सवालमा काडेतार लगाएर भए पनि दीर्घकालीन समाधान खोज्नु पर्ने बताएका हुन् ।



    त्यस्तै नेता नेपालले तत्काल आधिकारिक नक्सा सार्वजनिक गर्नसमेत माग गरेका छन् । कालापानी/लिपुलेक समेटिएको नक्सा नभएको भनी दिएको अभिव्यक्तिप्रति पनि उनले आपत्ति जनाएका छन् ।



    नेता नेपालले भिडियो कन्फ्रेन्समार्फत् तत्काल वार्ता गर्नको लागि पनि आग्रह गरेका छन् । भारतले मानसरोवार जाने बाटो एकतर्फीरुपमा खुलाएपछि अहिले सडकदेखि सदनसम्म विराेध भइरहेकाे छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार