Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • भारतकाे दादागिरी: पाँच वर्षदेखि कालापानीमा गाडी गुडाउँदै

    भारतकाे दादागिरी: पाँच वर्षदेखि कालापानीमा गाडी गुडाउँदै

    अनलाइन नेपाल
  • सोमबार, २९ बैशाख २०७७
  • 2.3K
    SHARES

    काठमाडाैँ। भारतले पाँच वर्षअघि नै नेपाली भूभाग कालापानी क्षेत्रमा सडक बनाएर गाडी गुडाइरहेको छ। भारतीय अर्धसैनिक बलले हेलिकप्टरमा लगेर त्यहाँ गाडी गुडाएको हो।

    छियालेकदेखि कालापानीसम्मको ३२ किमि क्षेत्रमा ५ वर्षदेखि भारतीय सेनाले गाडी चलाइरहेको दार्चुला क्याम्पसका प्रमुख साउदले बताए। ‘८० वर्षदेखि हडपेको हाम्रो भूभागमा ५ वर्षदेखि भारतले हेलिकप्टरमा गाडी लगेर गुडाइरहेको छ,’ उनले भने। सन् १९६२ मा भारत–चीनको युद्धदेखि नै नेपाली भूभाग कालापानीमा भारतले इन्डो–तिब्बत बोर्डर पुलिस फोर्स (आइटीबीपीएफ) राख्दै आएको छ।



    भारतले चीन जोड्ने लिपुलेक–मानसरोवर सडक २१ वर्षदेखि सडक बनाउँदै आएको छ। तवाघाटदेखि गर्बाधारसम्मको काम सन् २००८ मा पूरा भएको थियो। त्यसपछि केही समय सडक निर्माण गति सुस्त भयोे। २०१४ बाट भारतले पुनः त्यो सडक निर्माण तीव्रता पायो। वैशाख २६ मा भारतीय रक्षामन्त्री राजनाथ सिंहले भिडियो कन्फेरेन्समार्फत लिपुलेक मानसरोवर सडकको उद्घाटन गरे। भारतको राजधानी दिल्लीसँग लिपुलेकसम्म मोटर सडक जोडिएको छ।



    ऐतिहासिक पृष्ठभूमि, विशेष विवरणसहितको तथ्य/तथ्यांक, विगतमा घटेका राजनीतिक तथा सामाजिक घटना तथा ऐतिहासिक नक्सा दस्ताबेजले लिपुलेक समेतको कालापानी–लिम्पियाधुरा नेपालकै भूभाग भएको प्रमाणित हुन्छ।

    सुगौली सन्धिताका बनेको सन् १८५६ सम्मका पुराना नक्सा दस्ताबेजअनुसार लिपुलेक नेपालकै रहेको देखाउँछ। यी नक्साअनुसार लिपुलेक मात्रै होइन यसभन्दा पश्चिममा रहेको कालापानी र लिम्पियाधुरासम्म नेपालकै हो।

    सन् १८५६ पछि बनाइएका नक्सामा लिपुलेकसमेत सबै भारततर्फ पारेर देखाइएको छ।

    नेपालले सन् १९८० (संवत् २०३२ साल) देखि बनाएको नक्साअनुसार लिपुलेक त्रि–देशीय विन्दुमा परेको देखिन्छ। नेपालले लिम्पियाधुरालाई नक्सा समेट्न सकेको छैन। सन् १९६१–६२ मा नेपाल–चीन सीमांकन गर्दा तिंकर भञ्ज्याङ, च्याङ्ला र लिपुलेक भञ्ज्याङको बीचसम्म मात्रै सीमारेखा अंकन गरिएको छ। एक नम्बर पिलर तिंकर भञ्ज्याङमा छ।

    त्रिदेशीय बिन्दुमा सहमति नभएका कारण जिरो नम्बर सीमा पिलर अहिलेसम्म राख्न नसकिएको तत्कालीन नापी विभागका महानिर्देशक बुद्धिनारायण श्रेष्ठ बताउँछन्। उनका अनुसार भारतको अनुपस्थितिका कारण त्रि–देशीय विन्दु स्थापना हुन सकेको थिएन र अझै भएको छैन।

    ४ मार्च १८१६ को सुगौली सन्धिको धारा ५ अनुसार नेपालको पश्चिमी सीमा काली नदी हो। १८५६ सम्मका नक्सामा लिम्पियाधुराबाट उद्गम भएको नदीलाई काली नदी भनिएको छ।

    यी नक्साका आधारमा लिम्पियाधुरालाई भारत–नेपाल–चीनको सीमा जोडिनेर छुट्टिने त्रिदेशीय विन्दु मान्नुपर्ने उनी बताउँछन्। तीनै देशको संलग्नतामा विन्दु स्थापना गरी लिपुलेक, लिम्पियाधुरा कालापानी क्षेत्रको विवाद समाधान गरिनुको विकल्प छैन।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार