Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • नदीले बगाउँदा गोरखामा दुईजना बेपत्ता, खाेजी कार्य जारी

    नदीले बगाउँदा गोरखामा दुईजना बेपत्ता, खाेजी कार्य जारी

    अनलाइन नेपाल
  • सोमबार, २९ बैशाख २०७७
  • 2.3K
    SHARES

    फाइल : तस्बिर

    गोरखा । गोरखामा एक बालकसहित २ जनालाइ नदीले बगाएर बेपत्ता बनाएकाे छ। गण्डकी गाउँपालिका–२ पाङखोलाका एक बालकलाई त्रिशूली नदीले बगाएर बेपत्ता बनाएको हाे ।

    माछा मार्ने क्रममा आइतबार दिउँसो स्थानीयवासी रुद्रबहादुर चेपाङका छोरा १४ वर्षीय विकास चेपाङलाई नदीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय गोरखामा प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिए ।



    बेपत्ता बालकको प्रहरी र स्थानीयवासीले खोजी कार्य गरिरहेको वडा नं १ वडा सदस्य मीनबहादुर सुनारले जानकारी दिए । बुबासँगै माछा मार्ने क्रममा चेपाङलाई एक्कासि नदीले बगाएको थियो ।



    त्यस्तै शहीद गाउँपालिका–३ भुवनीटार स्थित मस्र्याङ्दी नदीले बगाएको एक युवक बेपत्ता भएका छन् । बाग्लुङ जिल्लाको बरेनडाँडा गाउँपालिका–१ घर भएका १९ वर्षीय कृष्णबहादुर पुनलाई पौडी खेल्ने क्रममा हिजो दिउँसो नदीले बगाएको हो । नदीले बगाएर बेपत्ता बनाएका दुवै जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार