Online Nepal
  • मंगलबार, १० असार २०८२
  • भारतका पूर्वप्रधानमन्त्री सिंह अस्पताल भर्ना

    भारतका पूर्वप्रधानमन्त्री सिंह अस्पताल भर्ना

    अनलाइन नेपाल
  • सोमबार, २९ बैशाख २०७७
  • 2.2K
    SHARES

    काठमाडौं। भारतका पूर्वप्रधानमन्त्री एवम् काँग्रेस नेता मनमोहन सिंह दिल्लीस्थित एम्स अस्पताल भर्ना भएका छन् । छातीमा समस्या भएपछि उनलाइ अस्पताल भर्ना भएका छन् ।

    सिंहलाई आइतबार साँझ एक्कासी छाती दुखेपछि दिल्लीस्थित एम्स अस्पताल भर्ना गरिएको भारतीय समाचार संस्था एएनआइले जनाएको छ ।



    कांग्रेस आईका प्रवक्ता जयवीर शेरगिलले पनि सिंहलाई अस्पताल भर्ना गरिएको जानकारी दिदै उनको स्वास्थ्य लाभको कामना गरेका छन् ।

    नेता सिंह सन् २००४ देखि २०१४ सम्म भारतमा दुई कार्यकाल प्रधानमन्त्री भएका थिए ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार